Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

उम्मेदवारी फिर्तापछि बाबुरामले भने- बाहिरै रहेर देशले चाहेको व्यक्तिलाई सहयोग गर्छु

गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशलाई आवश्यक परेको व्यक्तिलाई आगामी निर्वाचनमा सघाउने बताएका छन् । शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उनले आफू निरन्तर जनताको सेवामा लागिरहने बताएका हुन् ।

‘आगामी दिनमा देशले चाहेको व्यक्तिलाई सहयोग गर्न चाहन्छु । प्रस्थावक र समर्थक साथीहरूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु' उनले भने ।

विभिन्न व्यक्ति र दलहरूको आग्रहपछि आफूले उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

‘मसँग विभिन्न दलका व्यक्तित्वले सल्लाह सुझाव के दिनुभयो भने तपाईंहरूजस्तो व्यक्तिले साझा व्यक्तिको रुपमा रहनुपर्छ । देशको जुन अहिले तरल अवस्था छ, त्यसले निश्चित आकार ग्रहण गरेको छैन । तपाईंले चुनावी प्रतिस्पर्धामा लाग्नुभन्दा सल्लाह सुझाव दिएर अघि बढ्दा  । राम्रो हुन्छ भन्ने साथीहरू, दलको पनि आयो' उनले भने।

उनले सबैको आग्रह बमोजिम आफू बाहिरै रहेर अभिभावका रुपमा रहने बताएका छन् ।