Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

कांग्रेसको नेतृत्वमा देश नयाँ बनाउने हो : महामन्त्री पौडेल

दोस्रो विशेष महाधिवेशनपछि महामन्त्री बनेका प्रदीप पौडेलले नेपाली कांग्रेस नयाँ बनेको बताएका छन् । 

महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि पहिलोपटक कार्यालय प्रवेश गर्दै गर्दा कांग्रेस नयाँ बनेको भन्दै कांग्रेसको नेतृत्वमा देशको मुहार फेर्ने अभियान सुरु भएको बताएका हुन् ।

“हामीले विशेष महाधिवेशनबाट नीति र नेतृत्व परिवर्तन गर्दै त्यसलाई नयाँ दिशामा अघि बढाउने घोषणा गरेका छौँ,” पौडेलले भने ।

उनले विशेष महाधिवेशनबाट कांग्रेस नयाँ बनेको र अब यो कांग्रेसको नेतृत्वमा देश नयाँ बनाउने दाबी गरे ।