नेपाली कांग्रेसले माघ १६ गते मधेस सभा गर्ने भएको छ। उक्त सभा जनकपुरमा गर्ने भएकाे हाे ।
कांग्रेस मधेस प्रदेश कार्यसमितिलाई परिचालन गरेर मधेस सभा गर्न लागिएको पार्टीका एक पदाधिकारीले बताए ।
त्यसका लागि आजको केन्द्रीय समितिमा छलफल भई निर्णय हुनेछ भने सभापति गगन थापासहित नेताहरू माघ ११ गते मधेस जानेछन्।
यधपी १२ गते उनीहरू सर्लाही पुग्नेछन्। सभापति थापा सर्लाही ४ बाट उम्मेदवार छन्।