Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

महावीर पुनलाई कुलमान नेतृत्व पार्टीको समर्थन

वैज्ञानिक महावीर पुन स्वतन्त्र उम्मेदवारको रूपमा मनोनयन गर्दै म्याग्दीबाट प्रतिनिधि सभाको निर्वाचनमा भाग लिए पनि उनलाई राजनीतिक पार्टीको समर्थन पाएको छ । उनलाई उज्यालो नेपाल पार्टीले समर्थन गर्ने भएको छ ।

उज्यालो नेपाल पार्टीका महासचिव धर्मबहादुर चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका पुनलाई आफ्नो पार्टीले समर्थन गर्ने निर्णय भएको जानकारी दिए ।

उनेपा निवर्तमान मन्त्री कुलमान घिसिङले नेतृत्व गरेका छन् ।