Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

उम्मेदवार खेरललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार यही माघ ६ गतेका दिन उम्मेदवारी दर्ताका क्रममा तोकिएको भन्दा बढीको जुलुस लिएर गएको पाइएकाले स्पष्टीकरण पेस गर्न भनिएको छ ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा १ को व्यवस्थाको प्रतिकूल हुनेगरी दलको झण्डा प्रयोग र आचारसंहितामा तोकेको भन्दा बढीको जुलुस लिएर गएको हो वा होइन भन्ने विषयमा स्पष्टीकरण पेस गर्न भनिएको छ । 

तोकिएको समयभित्रै आफैँ वा आफ्नो प्रतिनिधिमार्फत आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न भनिएको आयोगले जनाएको छ ।

भूलसुधार:

- यस समाचारमा भूलवस यसअघि ललितपुर क्षेत्र नम्बर-२ का उम्मेदवार जगदिश खरेलको तस्बिर प्रकाशन/प्रशारण हुन गएकोमा तस्बिर सच्याइएको छ। यसबाट सम्बन्धित पक्षमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं, साथै यस्ता गल्ती/कमजोरी नदोहोर्‍याउने प्रतिवद्वता गर्दछौं । - सम्पादक ।