साइबर ब्युरोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता स्वागत नेपाललाई सोधपुछका लागि बोलाएको छ।
उनलाई ब्युरोको टोलीले फोन सम्पर्क गरी कार्यालयमा बोलाएको हो।
प्रवक्ता एवं एसपी दीपकराज अवस्थीका अनुसार उनीमाथि केही विषयमा बुझ्नका लागि मात्र बोलाइएको हाे ।
यधपी राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले भने पार्टीका उम्मेदवार स्वागत नेपाललाई साइबर ब्युरोले बोलाएकोमा विरोध जनाएका छन्।