Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

बालेललाई लक्षित गर्दै ओलीले भने- जिब्रो पखाल्दा पनि नजाने तितो स्वाद

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापाका सुकुम्बासीहरू डराउन थालेको बताएका छन्।

बुधबार राष्ट्रिय युवा संघ क्षेत्रीय समन्वय कमिटी क्षेत्र झापाको नम्बर ५ मा दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले झापाका सुकुम्बासीहरू पनि डराउन थालेको बताएका हुन् ।

झापाका सुकुम्बासी साथीहरुले भन्दै थिए, 'सुकुम्बासीहरुलाई डोजर लगाउछन् रे । कोको मान्छे पो आएछन् डर पो लाग्यो उनले भने ।'

बालेनले कुनै नगरेको र कुनै काम नदेखाएको समेत बताए ।

उनले थपेका छन्, '०६४ देखि न एक सिन्का विकास भयो। न जनतासँग सम्पर्क छ, न एउटा कुनै वरको सिन्को पर सर्दैन, सिन्को भाँचिदैन, नयाँको स्वाद यस्तो तीतो, यस्तो अमिलो, न जिब्रो पखाल्दा जान्छ, न अरु केही गर्दा ।'


 उनले नयाँ भन्ने बित्तिकै भोट दिन नहुने भन्दै बालेनका लागि झापामा गर्ने काम नै नभएको पनि बताए।