Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

अब देशलाई शान्तिपूर्ण र बस्नलायक बनाउनुपर्छ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको नाममा घर जलाउनेहरूलाई वर्तमान सरकारले कारबाही नगरेको बताएका छन् ।गृहजिल्ला झापामा जेनजी आन्दोलनको क्रममा क्षति पुगेका संरचनाहरूको अवलोकन गर्दै उनले  यस्तो बताएका हुन् । 

‘अपराधलाई प्रोत्साहित गर्न सकिँदैन । आन्दोलनको नाममा कसैको घर जलाउन पाइँदैन । त्यस्ता व्यक्तिलाई सरकारले कारबाही गर्नुपर्ने हो । अब देशलाई शान्तिपूर्ण र बस्नलायक बनाउनुपर्ने छ ।’

उनले अहिलेको सरकार सायद उनीहरूकै भएका कारण पनि उनीहरूलाई जोगाउने काम गरेको बताए ।