Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

अध्यादेश र नियमावाली स्वीकार नगरिएपछि महावीर पुन चुनावी मैदानमा

प्रतिनिधिसभा सदस्य पदका उमेदवार बनेका महावीर पुनले आफूले ल्याउन खोजेका तीन अध्यादेश र चार नियमावाली स्वीकार नगरिएपछि आफू निर्वाचनमा होमिएका बताएका छन् । 

उक्त अध्यादेश र नियमावली स्वीकार नगरिएको कारण आफू चुनाव लड्न तयार भएको बताएका हुन् ।

पुनले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, 'एउटा छुट्टै बलियो विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय बनाउन मुख्यसचिवले मलाई अलमल्याए । अनि त रिस उठ्यो र म्याग्दीतिर दगुरेँ ।'

उनले अन्तिम घडीसम्म कोसिस गर्दा पनि केही सीप नलागेपछि अचानक आफू निर्वाचनमा आएको बताए ।