Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

रास्वपाले मनाङमा दिएन उम्मेवारी, टिकट पाएका गुरूङ आएनन् सम्पर्कमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि मनाङमा भने उम्मेदवार खडा गर्न असमर्थ भएको छ ।

टिकट पाएका अनिल गुरूङले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता नगरेका हुन् ।

 सोमबार नै गुरूङलाई टिकट दिएर पठाइएको थियो। मंगलबार उम्मेदवारी दिन जानुपर्ने गुरूङको दिनभर फोन अफ भएको बताइएको छ ।