राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूमाथि गरेको पाप र अत्याचारको हिसाबकिताब नेपाली जनताले फागुन २१ मा घण्टी बजाएर दिने बताएका छन्।पर्सा अदालतले लामिछानेसँग एक करोड धरौटी माग गरेको कारण पनि उनले यस्ताे बताएका हुन् ।
उनले चितवन–बाट मा वारेसमार्फत् उम्मेदवारी दिएका छन्। पर्सा, काठमाडौं र रूपन्देही जिल्ला अदालतमा सुनुवाइ चलिरहेकाले आफूले वारेसमार्फत् उम्मेदवारी दिनुपरेको उनले बताए ।
उनले देशका सम्पूर्ण अपराधीहरू एक ठाउँमा जम्मा भएर आफूमाथि अत्याचारकाे बताए । 'मलाई अत्याचार गरेकाे कारण तिमीहरू सब रसातलमा पुग्दै गरेको दृश्य इतिहासले देखाउने छ र लेख्दैछ। नभएको प्रमाण छ भन्ने, पापी हौ तिमीहरू। सहकारीको बाटै नहिँडेको मान्छेलाई गनेरै नभ्याइने मुद्दै मुद्दा लगाउने अत्याचारी हौ तिमीहरू। मलाई जिउँदो छोडेर तिमीहरूले एउटा गुण लगाएका छौं, 'उनले भने।'
उनले थपेका छन्, 'म तिमीहरू सबैको गुण तिर्छु, चाँडै तिर्छु,बिना प्रतिशोध तिर्छु। फेरि पनि भन्छु म अभिमन्यु होइन ।'