Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

प्रतिनिधिसभा सदस्य निर्वाचनः अपराह्न २ः०० बजेसम्म ८६१ जनाको उम्मेदवारी दर्ता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशका सबै  १६५ निर्वाचन क्षेत्रमा अपराह्न २ः०० बजेसम्म ८६१ उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । 

निर्वाचन आयोगका अनुसार उत्साहपूर्वक ती निर्वाचन क्षेत्रमा मनोनयन भइरहेको छ । आजै अपराह्न ५ देखि ७ः०० बजेसम्म उम्मेदवारको सूची प्रकाशन गरिने छ । 

भोलि बिहान १०ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी गर्ने र माघ ८ गते साँझ ७ः०० बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ । माघ ९ गते बिहान १० देखि अपराह्न १ः०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । 

यही माघ ९ गते दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन अपराह्न ४ः०० देखि साँझ ७ः०० बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ ।