Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

चितवन-३ बाट रेनु दाहालको मनोनयन दर्ता

चितवन क्षेत्र नम्बर ३ मा नेकपा उम्मेदवार रेनु दाहालले मनोनयन दर्ता गराएकी छन् ।

दाहालले रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।

उम्मेदवारी दिनुअघि दाहालले मंगलबार बिहानै भरतपुर महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएकी थिइन् ।

मनोनयन दर्तापछि प्रतिक्रिया दिँदै दाहालले भनिन्, ‘जनताले भरतपुरकी छोरीले काम गर्छे भनेर मत दिन्छन् । दुई पटक मत दिएर जिताइसके, क्षेत्र नम्बर ३ बाट पनि जिताउँछन्।’

मेयर हुँदा गरेको विकास निर्माणको कामलाई हेरेर जनताले मत दिने उनको भनाइ छ।चितवन क्षेत्र नम्बर ३ मा नेकपा उम्मेदवार रेनु दाहालले मनोनयन दर्ता गराएकी छन् ।

दाहालले रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।

उम्मेदवारी दिनुअघि दाहालले मंगलबार बिहानै भरतपुर महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएकी थिइन् ।

मनोनयन दर्तापछि प्रतिक्रिया दिँदै दाहालले भनिन्, ‘जनताले भरतपुरकी छोरीले काम गर्छे भनेर मत दिन्छन् । दुई पटक मत दिएर जिताइसके, क्षेत्र नम्बर ३ बाट पनि जिताउँछन्।’

मेयर हुँदा गरेको विकास निर्माणको कामलाई हेरेर जनताले मत दिने उनको भनाइ छ।