श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले सुनसरी क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन् ।
मनोनयन दर्ता गराउन साम्पाङ समर्थकहरूसहित निर्वाचन आयोगको कार्यालय पुगेका थिए । उनले श्रम संस्कृति पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा साम्पाङ स्वतन्त्र उम्मेदवारका रूपमा धरान उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए ।
मेयर पदबाट राजीनामा दिएपछि उनले संसदीय राजनीतिमा औपचारिक प्रवेश गरेका हुन् । स्थानीय तहमा श्रम, पारदर्शिता र जनउत्तरदायी शासनका विषयमा चर्चामा रहेका साम्पाङको उम्मेदवारीपछि सुनसरी-१ को चुनावी प्रतिस्पर्धा थप चासोको विषय बनेको छ।