Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

एमालेका सचिव शेरधन राईले गराए मनोनयन दर्ता

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव शेरधन राईले मनोनयन दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएको हो । एउटा मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा  पहिलो पार्टीका रूपमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का राजाराम बासी र दोस्रोमा श्रम संस्कृति पार्टीका धु्रव राईले मनोनयन दर्ता गराएका छन् ।

भोजपुरमा नयाँ र पुराना गरी १३ राजनीतिक दलले मनोनयन दर्ता गर्ने आकलन गरिएको छ । भोजपुरमा कुल एक लाख २५ हजार ७६६ जना मतदाता कायम छन् ।