काठमाडौं क्षेत्र नम्बर ४ मा ८७ वर्षीय वृद्धले उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार निर्वाचन कार्यालय पुगेर मदनदेव आचार्यले आफ्नो स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
यसअघि याे क्षेत्र नेपाली कांग्रेसबाट गगन थापाले जित्दै आएको क्षेत्र हो । गगनले यसपटक निर्वाचन क्षेत्र फेरेर सर्लाही–४ मा उम्मेदवार बनेका छन् ।
कांग्रेसले भने यो क्षेत्रमा सचिन तिमल्सिनालाई उम्मेदवार बनाएको छ ।