Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

काँग्रेसले शशांकलाई दिएन टिकट, नवलपुर-१ मा गजेन्द्र आले बने उम्मेदवार

पूर्वमहामन्त्री डा. शंशाक कोइरालालाई नेपाली कांग्रेसले टिकट नदिने भएको छ ।

अघिल्लो निर्वाचनमा नवलपुर-१ बाट विजयी भएका कोइरालालाई यस पटक काँग्रेसले टिकट नदिएर गजेन्द्र आलेलाई उम्मेदवार बनाएको छ ।

आले कांग्रेसका महासमिति सदस्य एवं महाधिवेशन प्रतिनिधि हुन् । उनी यसअघि गैँडाकोट नगरपालिकाबाट मेयर पदका लागि भएको निर्वाचनमा पराजित भएका थिए ।