Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

सर्वोच्चको रिट फिर्ता नहुने देउवा सचिवालयको स्पष्टोक्ति

नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको सचिवालयले सर्वोच्चमा दायर भएको निर्वाचन आयोगको निर्णयविरुद्धको रिट फिर्ता नलिने स्पष्ट गरेको छ ।

रिट निवेदन फिर्ता लिने भन्ने गलत र भ्रामक समाचार संचारमाध्यामहरुमा प्रकाशित भएकोमा गम्भिर ध्यानकर्षण भएको भन्दै सचिवालयले उक्त रिट निवेदन फिर्ता नहुने र अदालतबाट निस्पक्ष न्याय सम्पादन हुने अपेक्षित रहेको बताएको छ ।

यसअघि  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि रिट फिर्ता नहुने स्पष्ट गरेका थिए ।

देउवा पक्षले आइतबार विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिने आयोगको निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर गरेको थियो । सो रिटको पेसी मंगलबार रहेको छ ।