Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्छु: अमरेशकुमार सिंह

आज मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका डा. अमरेशकुमार सिंहले बालेन शाह नै अबको प्रधानमन्त्री बन्ने दाबी गरेका छन्। उनले बालेन शाह प्रधानमन्त्री नबने जनकपुरमा आएर आत्मदाह गर्ने चेतावनीसमेत दिएका छन्।

जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै सिंहले आफू सीता माताका सन्तान भएको उल्लेख गर्दै भावनात्मक र आक्रामक भाषण गरे। “हामी सीता माताका सन्तान हौं। सीता माता यही धर्तीमा समाहित भएकी थिइन्। बालेन प्रधानमन्त्री भएनन् भने म पनि जनकपुरको धर्तीमा समाहित हुनेछु,” उनले दोहोर्‍याउँदै भने, “बालेन प्रधानमन्त्री बनेनन् भने म जनकपुरको भूमिमा आत्मदाह गर्नेछु।” 

सिंहले बालेन शाहलाई देशको ‘महानायक’को संज्ञा दिँदै भोट मागे उनले गम्झा देखाउँदै मत माग्दै भने, “म हात जोडेर भन्छु, मसँग केही छैन। केवल आग्रह गर्छु, तपाईंहरूसँग गम्झामा भिख माग्छु—मधेशलाई प्रधानमन्त्री देऊ।”