नेकपा एमालेका नेता ईश्वर पोखरेल काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन्।
एमाले स्रोतका अनुसार उनको उम्मेदवारी सोमबार पार्टी सचिवालय बैठकबाट टुंगो लागेको हो। एक सचिवालय सदस्यले पोखरेलको टिकट औपचारिक रूपमा तय भइसकेको जानकारी दिए।
यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं–५ मा पोखरेलको उम्मेदवारीलाई लिएर निर्णय ‘होल्ड’ मा राखेका थिए। विभिन्न आन्तरिक छलफल र समीकरणपछि अन्ततः पोखरेललाई नै उम्मेदवार बनाउने निर्णयमा एमाले पुगेको हो।