Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

अधिवक्ता स्वागत नेपाल राप्रपा प्रवेश, झापा–२ बाट चुनाव लड्ने तयारी

अधिवक्ता स्वागत नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्। राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार नेपालले आज औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्।

राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई पार्टीमा स्वागत गरेका थिए। कार्यक्रममा स्वागत नेपालसहित पत्रकार गजेन्द्र बुढाथोकी र गोरखाका केदारमणि खनाललाई पनि राप्रपामा स्वागत गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

स्वागत नेपाल २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए। उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा पनि यही क्षेत्रबाट उम्मेदवारी दिने तयारी गरिरहेका छन्।