Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

झापा पुगे ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् ।

मंगलबार हुने प्रतिनिधि सभाको उम्मेदवारको मनोनयन दर्ता गर्न ओली आजै झापा पुगेका हुन् ।  उनले झापा-५ बाट उम्मेदवारी दिदैछन् ।

उनी विरुद्ध बालेन शाहले रास्वपाबाट सोहि क्षेत्रमा उम्मेदवारी दिने भएपछि अहिले झापा फागुन २१ को निर्वाचनको इपिसेन्टर बनेको छ । 

ओलीले आजै दमकमा दिउँसो २.३० बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ ।