Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले दाङ-१ बाट मेटमणि चौधरीलाई टिकट दिएको छ ।

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चौधरीलाई सोमबार बिहान टिकट हस्तान्तरण गरेका हुन् ।

चौधरीले यसअघि २०७४ र २०७९ दुवै पटक चुनाव जितेका थिए । २०७४ मा एमालेबाट विजयी भएका चौधरी २०७९ मा एकीकृत समाजवादीबाट विजयी भएका थिए ।