Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

रुख चिन्ह बाहेक अन्यथा सोच्न सक्दिन, सर्वोच्चको निर्णय मान्छौं- पूर्ण बहादुर खड्का

नेपाली काँग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख चिन्ह बाहेक अन्यथा सोच्न र कल्पना गर्न नसकिने बताएका छन् ।

सामाजिक सञ्जाल र मिडियामा देउवा पक्षले दल खोल्ने, स्वतन्त्र उम्मेदवार उठाउने जस्ता हल्ला चलेको भन्दै खड्काले रुख चिन्ह बाहेक अन्य सोच्न पनि नसकिने बताएका हुन् । उनले पार्टीको आधिकारिकताको विवाद अदालतमा रहेको र अदालतको निर्णय आफुहरुलाई स्वीकार्य र मान्य हुने बताएका छन् ।

उनले भनेका छन्- 'निर्वाचन आयोगको निर्णयकाविरुद्धमा पार्टीको आधिकारिकता वैधानिक दाबि र कानुनी उपचारको लागि २०८२ माघ ३ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकको सर्बसम्मत निर्णय अनुसार सबैको तर्फबाट न्याय पाउने बिश्वासका साथ हामी सर्बोच्च अदालत गएका हौँ । सर्बोच्च अदालतको निर्णय हामीलाई स्वीकार्य र मान्य हुनेछ । रुख चुनाब चिन्ह बाहेक अन्यथा सोच्न र कल्पना पनि गर्न म सक्दिन । नयाँ पार्टी खोल्छन्, स्वतन्त्र उमेदवारको रुपमा उठ्छन् , जस्ता बजारमा आएका गलत हल्लाहरुको पछि नलाग्न पार्टीका सबै साथीहरू, शुभेच्छुकहरु र हाम्रा आम मतदाताहरुमा हार्दिक अनुरोध र अपिल गर्दछु ।'