Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

जेनजी आन्दोलनपछि पहिलोपटक राष्ट्रिय सभा बैठक

भाद्र २४ गते भएको ‘जेनजी आन्दोलन’पछि पहिलोपटक राष्ट्रिय सभाको बैठक आज बसेको छ। चार महिनापछि संघीय संसदको हिउँदे अधिवेशनअन्तर्गत राष्ट्रिय सभाको बैठक सिंहदरबारमा सम्पन्न भएको संसद सचिवालयले जनाएको छ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आन्दोलनका क्रममा आगजनी भएपछि र सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद भवन अझै पूरा नभएकाले वैकल्पिक बैठक हल निर्माण गरी आजको बैठक सञ्चालन गरिएको हो।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिबाट प्राप्त पत्र वाचन गरेका थिए। साथै, राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनप्रति शोक प्रस्ताव पारित गरिएको छ। आजको बैठक अर्को बैठक आगामी शुक्रबार बस्ने गरी स्थगित भएको संसद सचिवालयले जानकारी दिएको छ।