Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

शेखर निकट काँग्रेसका धादिङ सभापति अधिकारी गगन पक्षमा खुले

नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीले पार्टी सभापति गगन थापालाई बधाई तथा शुभकामना दिदै उनको पक्षमा खुलेका छन् ।

काँग्रेसमा डा. शेखर कोइराला निकट मानिने नेता अधिकारीले पार्टीको विशेष महाधिवेशन तथा पार्टी सुधार र रूपान्तरणका मुद्दामा चलेका बहस तथा गतिविधिहरूलाई विचार मन्थनको स्वाभाविक अभ्यासका रूपमा ग्रहण गर्दै र तिनले परिपक्व परिणाम निकाल्न गरेको महत्त्वपूर्ण योगदानका रूपमा लिनुपर्ने बताउदै गगन पक्षमा खुलेका हुन् । 

उनले धादिङका सबै नेता कार्यकर्तालाई एकताबद्ध भएर पूर्ण ऊर्जा, उत्साह र सक्रियताका साथ पार्टीको संगठन विस्तार तथा सुदृढीकरण र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी र पार्टीले तय गर्ने उम्मेदवारका पक्षमा जनताका बीचमा केन्द्रित हुन अपिल गरेका छन् ।