कपिलवस्तु काँग्रेसका नेता तथा पूर्वमन्त्री वीरेन्द्रकुमार कनौडिया एमालेमा प्रवेश गरेका छन् ।
शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायतका नेताले कनौडियालाई पार्टीमा स्वागत गरेका हुन् । उनलाई कपिलवस्तु-३ बाट आगामी प्रतिनिधि सभामा एमालेबाट उम्मेदवार बन्ने गरी अध्यक्ष ओलीले टिकट प्रदान गरेका छन् ।
कनौडिया लुम्बिनी प्रदेशसभामा कांग्रेसका पूर्वसांसद हुन् । अघिल्लो संसदमा उनी प्रदेश संसदीय दल नेता समेत रहेका थिए ।
२०७४ मा उनी कपिलवस्तु-३ को प्रदेशसभा (ख) बाट विजयी भएका थिए भने २०७९ मा उनी सोहि क्षेत्रबाट पराजित भएका थिए । उनी चिनी मिल र नेपालगन्ज मेडिकल कलेजका सञ्चालक हुन् ।