नेपाली कांग्रेसमा आएको बिग्रहसँगै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चुनाव सार्न सक्रिय भएका छन् ।
ओलीले नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डलाई शुक्रबार राती फोन गरेर चुनावको मिति सार्न प्रस्ताव गरेको एक नेताले बताए ।
एमालेका एक नेताका अनुसार ओलीले चितवनमा रहेका संयोजक प्रचण्डलाई फोन गरी अहिलेकै अवस्थामा चुनाव हुन गाह्रो पर्ने अवस्था आएको भन्दै मिति सार्न प्रस्ताव राखेका हुन् । ती नेताले भने, ‘अध्यक्षले चुनावको मिति सारौं भन्ने प्रस्ताव राख्नु भएको छ ।’