Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध अदालत जाने देउवा पक्षको निर्णय

नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्बोच्च अदालत जाने निर्णय गरेको छ । शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको देउवापक्षीय केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिने आयोगको निर्णयविरुद्ध अदालत जाने निर्णय गरेको हो।

देउवा पक्षका प्रवक्ता प्रकाशशरण महतले निर्वाचन आयोगको निर्णयविरुद्ध आइतबार अदालत जाने निर्णय गरिएको जानकारी दिए। ‘निर्वाचन आयोगको दुराशयपूर्ण निर्णयलाई कडा विरोध गर्दै यो बैठक उक्त निर्णयविरूद्ध संवैधानिक एवम् कानुनी उपचार तथा राजनीतिक प्रतिवाद गर्ने निर्णय गर्दछ,’ बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता महतले भने‍, ‘भोलि हामी यसको खिलाफमा सर्वोच्च अदालत जान्छौं।’

बैठकले विशेष महाधिवेशनको नाममा गरिएको भेलाको औचित्य, बैधानिकता उपस्थित संख्या समेत नहेरी निर्वाचन आयोगले एकलौटी रूपमा र्निणयलाई दूषित मनशायबाट प्रेरित भएको निचोड निकालेको छ । 'विधिवत निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधनानकि ढंगले परिवर्तन गरी कांग्रेसलाई गम्भीर क्षति पुर्‍याउने मनशाय प्रष्ट देखिन्छ। यो निर्णय मुलुकमा लोकतान्त्रि व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्रको एक अंश हो,' नेता महतले भने।