Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

देउवा पक्षका नेताहरु फेरी पुगे निर्वाचन आयोग

नेपाली काँग्रेसको देउवा पक्षका नेताहरु फेरी निर्वाचन आयोग पुगेका छन् । देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, रमेश लेखक लगायतका नेताहरु केहि बेर अघि आयोगमा पुगेका हुन् ।

यस अघि आज बिहानपनि खड्का नेताहरुसहित आयोग पुगेर आफ्ना कुरा राखेका थिए ।  अहिले आयोग क्षेत्र काँग्रेसका दुवै पक्षको नाराबाजीका कारण तनावग्रस्त रहेको छ ।  

आयोग बाहिर देउवा पक्षका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् भने गगन पक्षका कार्यकर्ता आयोग परिसरमा रहेका छन् ।