दाेस्राे विशेष महाधिवेशनपछि नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा सहित सम्पूर्ण पदाधिकारी आयोग जाने भएका छन्।
शुक्रबार दिउँसो नवनिर्वाचित सभापति थापालगायत सम्पूर्ण पदाधिकारी चुनाव चिह्न लगायतका विषयमा छलफल गर्न आयोग जाने भएका हुन् ।
आजै बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहितका पदाधिकारी सभापति शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक भएको भन्दै आयोग पुगेका थिए।
त्यसलगत्तै गगन पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरू पनि आयोगमा छलफल गर्न जान लागेका हुन्।