Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

देउवा समूहले आयोगमा बुझायो पार्टीका ८८५ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता गरेको प्रमाण

नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका प्रमाण निर्वाचन आयोगमा बुझाएको छ । 

शुक्रबार बिहान निर्वाचन आयोगमा दलबलसहित पुगेका कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले  ८८५ जनाले आफ्नो हस्ताक्षर फिर्ता गरेको निवेदनसहितको प्रमाण  कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बुझाएको हो । 

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौँको भृकुटीमण्डपमा पुस २७ र २८ गते विशेष महाधिवेशन गरी महामन्त्री थापाकै नेतृत्वमा नयाँ कार्यसमिति बनाएका छन् ।