Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

काँग्रेसको देउवा पक्ष सक्रिय: निधिसहितका नेता निर्वाचन आयोग पुगे, खड्काले पत्रकार सम्मेलन गर्दै

नेपाली कांग्रेसको देउवा पक्ष निर्वाचन आयोगमा पुगेको छ ।

नेता विमलेन्द्र निधिसहित श्याम घिमिरे, कल्याण गुरुङ, जितजंग बस्नेतलगायतका नेताहरु शुक्रबार बिहान आयोग पुगेका हुन् । उनीहरुले नेपाली काँग्रेसमा देखिएको विवाद बारे आयोगसँग छलफल गर्ने बुझिएको छ ।

यसैबीच काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । विशेष महाधिवेशनपछि खड्काले पहिलोपटक पत्रकार सम्मेलन गरेर आफ्ना धारणा सार्बजनिक गर्न लागेका हुन् ।

पत्रकार सम्मेलन आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने जानकारी दिइएको छ ।