नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिना त्याग संसार परिवर्तन नहुने बताएका छन् ।बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् ।
‘हिजो पनि थियो, आज पनि त्यागको भावना छ । बिना त्याग संसार परिवर्तन हुँदैन । मेहनत, बलिदान, निष्ठा चाहिन्छ । आदर्श र उद्देश्यहरूप्रति हिजो पनि निष्ठा थियो, आज पनि छ । उनले भने, ।’
उनले अहिले पनि एमाले नेताकाे ज्यान जाेखिममा रहेकाे बताएका छन् ।
‘आज पनि ज्यान जोखिममा छ । अहिले मुद्दा लगाउँछु, भरे लगाउँछु भनिरहेकै छन् । खोजीखोजी घरमा आगो लगाइरहेकै छन् । अहिले सजिलो छ र ?,’ उनले भने, ।