Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

बालेनका लागि रास्वपाले लियाे दमकमा घर

बालेन शाह झापा–५ मा उम्मेदवार बन्ने तयारी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले उनका लागि भाडामा घर लिएका छन् ।

चुनाव नजिकिएसँगै रास्वपाले झापाकाे दमक–३ स्थित क्याम्पस मोड आसपास दुई वटा घर टुंगो लगाएका छन् ।

झापाका अध्यक्ष प्रकाश पाठकले अर्को एउटा घर पनि खोजिरहेको जानकारी दिए ।

‘बालेन शाह झापा–५ बाट उम्मेदवार बन्ने भएपछि उनको आवास प्रयोजन, सम्पर्क कार्यालयलाई समेत गरी तीन वटा घर खोजेका हौं। दुइटा टुंगो लागिसकेको छ,’ उनले भने।

पाठकका अनुसार रास्वपाका नेता–कार्यकर्तासहित एउटा समूह आज झापा–५ पुग्दैछ।