Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

राष्ट्रपति पौडेल बागलुङमा

स्राष्ट्रपति रामचन्द्र पौडेल बागलुङमा आएका छन् । बागलुङ नगरपालिका–१३ पैयुँपाटस्थित त्रिभुवन माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहमा सहभागी हुन उनी नेपाली सेनाको हेलिकप्टरमा केहीबेरअघि यहाँ आइपुगेका हुन् ।

राष्ट्रपति पौडेललाई हेलिप्याडमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले स्वागत गरे ।