Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

संस्कृति संरक्षण गर्नु सबैको साझा दायित्व हो : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिएको लुम्बिनी प्रदेशमा विविधतामा निहित मौलिक संस्कृति र परम्पराहरू नै पहिचान र शक्ति भएको बताएका छन् ।

माघीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस्ता सांस्कृतिक पर्वको प्रवद्र्धनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएङ्का छन्। साथै उनले संस्कृति संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।

थारु समुदायले माघीलाई नयाँ वर्षका रूपमा मनाउँने परम्परा रहेको तथा मगर, यादवलगायत अन्य समुदायका लागि पनि यो पर्व विशेष महत्वको भएको उल्लेख गर्दै उनले मौलिक कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तीकरण गर्न सकिने सन्देशमा बताएका हुन् ।