नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट प्रदीप पौडेल र गुरुराज घिमिरे पार्टीका महामन्त्री पदमा चयन भएका छन्।
आइतबारदेखि काठमाडौँमा सुरु भएको विशेष महाधिवेशनले बुधबार उनीहरूलाई महामन्त्री पदमा निर्वाचित गरेको हो। बुधबार बिहान उम्मेदवारी दर्ताका क्रममा महामन्त्री पदमा पौडेल र घिमिरेको मात्रै उम्मेदवारी परेपछि उनीहरू निर्विरोध चयन भएका हुन्।
पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार बोलाइएको विशेष महाधिवेशनले नेतृत्व चयनको प्रक्रिया अघि बढाएको हो। महाधिवेशनले पार्टीको भावी संगठनात्मक दिशा र राजनीतिक कार्यदिशाबारे निर्णय गर्ने अपेक्षा गरिएको छ।