Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

देउवालाई हामीले यत्ति भनेका थियौं– कांग्रेस भदौ २३ बाट नयाँ भएर आएको छ भन्न पाइयोस् : गगन थापा

विशेष महाधिवेशन स्थलमा सम्बोधन गर्दै गगन थापाले आगामी नियमित महाधिवेशनसम्मका लागि अन्तरिम नेतृत्व छानेर जाऊँ भन्दा पनि सहमति हुन नसकेको बताएका छन्।

पार्टी सभापति शेरबहादुर देउवासँग बिहान भएको वार्ताबारे जानकारी दिँदै उनले भने, 'विशेष महाधिवेनको हलबाट एउटा अन्तरिम नेतृत्व छानौं, जसलाई छाने पनि हुन्छ भन्दा पनि उहाँहरू मान्नुभएन'।

उनले कांग्रेसले चुनावमा जाँदा कम्तिमा आफ्नो अनुहार त फेरोस्, हामी भदौ २३ भन्दा अगाडिको जस्तो कांग्रेस होइनौं भनेर त जाऊँ भन्दा पनि उहाँहरू मान्नुभएन। सामूहिक नेतृत्व  समेत छानौं भनेर प्रस्ताव गर्दा पनि सहमति हुन नसकेकाे बताए ।

'हामीले सभापतिज्यूलाई यति मात्र भन्यौं — 'दाइ, केवल टेक्ने ठाउँ दिनुस्, ताकि फागुन २१ गते चुनावमा जाँदै गर्दा नेपाली कांग्रेसले विगतका धेरै कुरा बिसाएर नयाँ भएर आएको छ भन्न पाइयोस्, योभन्दा बढी केही चाहिएको छैन' उनले भने । 

उनले आगामी चुनावमा जाँदा प्रधानमन्त्रीको उम्मेदवार शेरबहादुर देउवा होइन भनेर जनतामाझ जाऔं मात्र भनेको पनि बताए।