नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरूले प्रस्ताव गरेका ८ बुँदा कुन देश र कांग्रेसको अहितमा थियो भनेर प्रश्न गरेका छन्।
उक्त कारबाही अनुसार केन्द्रीय कार्यसमितिले पाँच वर्षका लागि साधारण सदस्य समेत रहन नपाउने भएपछि महामन्त्री शर्माले संस्थापन पक्षलाई उक्त प्रश्न गरेका हुन्।
महामन्त्रि शर्माकाे प्रस्तावमा विशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिने, विशेष महाधिवेशन परिमार्जनसहित पारित प्रस्तावहरू कार्यान्वयन गर्ने, सभापतिले सक्रिय भूमिका निर्वाह नगर्ने, सो क्रममा उम्मेदवारी पत्रमा सभापतिले हस्ताक्षर नगर्ने, उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गर्ने, आगामी निर्वाचनमा एक ढिक्का भएर मैदानमा जाने, कुनै पनि दलसँग गठबन्धन नगरेर नेपाली काँग्रेसले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने, नेपाली कांग्रेसका तर्फबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने, यी सबै कार्य समन्वय र कार्यान्वयन गराउन पाँच सदस्यीय संरचना गठन गर्ने, जसमा कार्यवाहक सभापति र दुई महामन्त्री बाहेक थप दुई नेताहरू रहने आदि समावेश गरेका थिए।
यधपी आफूले राखेका प्रस्ताव मुस्कुराउँदै फेरि पढेँ यी बुँदा, मेरो प्रतिक्रिया केवल यत्ति छ– कांग्रेस र देशलाई बदल्न म र गगन थापा दुवै दृढ छौं। विधान अनुरूपको विशेष महाधिवेशनले देशलाई सहि दृष्टिकोण दिएको छ, अब सही नेतृत्व दिनेछ१ उनले भने ।
उनले आफ्नाे फेसबुकमा लेखेका छन् :