नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वयले धोका दिएको बताएका छन् ।
सानेपास्थित केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशन पक्षधरसँगको छालफल बारे जानकारी दिदै महामन्त्रीद्वयले धोका दिएको ब्रिफिङ गरेका हुन् ।
उनले पुसमा हुने नियमित महाधिवेशनको कार्यतालिकामा काम गर्न नसकेपछि बैशाखमा सारिएको बताउदै भृकुटीमण्डपमा उम्मेदारी समेत दर्ता भइसकेकोले महामन्त्रीहरुले पार्टीलाई फुटमा डोराएको बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।