Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोपमा एक पक्राउ

राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन अनधिकृत रूपमा मेसेज पठाएको आरोपमा एक जना पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार राति निर्देश सेढाईलाई पक्राउ गरेको हो।

अनधिकृत रूपमा केही दिनअघि प्रदर्शनका लागि व्यक्तिगत रूपमा मेसेज आएको र गोपनीयता भंग भएको भन्दै टेलिकमको आलोचना भएको थियो।

टेलिकमले मंगलबार एक विज्ञप्ति जारी गरी ‘सम्बन्धित सेवा प्रदायकलाई विभिन्न प्रकारका जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्‌‌भावमा खलल पुर्‍याउने प्रकृतिका सन्देश प्रवाह नगर्न सचेत गराइएको छ।