Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

मुद्दा फिर्ता गरिदिन माग गर्दै महान्यायाधिवक्ता कार्यालयमा लामिछानेको निवेदन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथी लागेका आरोपमध्ये केही मुद्दा फिर्ताका लागि प्रयास गरिदिन महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका छन् ।

उनले महान्यायाधिवक्ता कार्यालयमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोप फिर्ता लिइदिन आग्रह गरेका हुन् । उनीमाथि विभिन्न जिल्ला अदालतमा सहकारी ठगीको आरोप र सम्पत्ति शुद्धीकरण र संगठित अपराध गरेको आरोप पनि लागेको थियो । 

महान्यायाधिवक्ता कार्यालयस्रोतका अनुसार, रविले सहकारीको रकम ठगी गरेकाे आरोपमा चलाइएको ठगी मुद्दासँग जोडिएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपमा राजनीतिक पूर्वाग्रहका आधारमा फसाउन खोजिएको चाल भनी जिकिर गरेको स्रोतले बताएकाे छ ।