Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

काँग्रेस विशेष महाधिवेशन: सर्वसम्मत नेतृत्व चयन गरिदै, सभापतिमा गगनको उम्मेदवारी

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सभापति पदमा आफ्नो उम्मेदवारी दिएका छन् । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया अगाडी बढेपछि महामन्त्री थापाले सभापतिमा उम्मेदवारी दिएका हुन् ।

यसअघि सभापति शेरबहादुर देउवा र दुवै महामन्त्रीसँग गरेको वार्ता सकारात्मक नभएपछि विशेष महाधिवेशन पक्षधर निर्वाचन प्रक्रियामा अगाडी बढेका छन् । निर्वाचन समितिका संयोजक सिताराम केसीका अनुसार सबै पदमा उम्मेदवारी परेको र दिउसो १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने भएको छ । विशेष महाधिवेशनबाट सबै पदमा सर्वसम्मत चयन गर्ने तयारी भएकाले मतदानको आवश्यकता नपर्ने बताइएको छ ।

काँग्रेसको विशेष महाधिवेशनले  १३ पदाधिकारीसहित १२१ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ ।

हेर्नुहोस् यो भिडियो पनि: