Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु, ५५ घाइते

बैंककबाट थाइल्याण्डको उत्तर-पूर्वतर्फ जाँदै गरेको रेलमा निर्माणाधीन क्रेन खसेपछि रेल दुर्घटना भएको छ। उक्त दुर्घटना बुधबार बिहान नाखोन रत्चासिमा प्रान्तको सिखियो जिल्लामा भएको हो।

थाइल्याण्डको उत्तर-पूर्वी क्षेत्रमा एउटा यात्रुवाहक रेलमा निर्माण कार्यमा प्रयोग भइरहेको क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु र ५५ जना घाइते भएका हुन्  ।

समाचार संस्था अलजजिराका अनुसार, एउटा उच्च गतिको रेल मार्ग निर्माण भइरहेको स्थान मुनिबाट गुडिरहेको बेला माथि काम गरिरहेको क्रेन भत्किएर रेलमा खसेको थियो। क्रेनले ठक्कर दिएपछि रेल लिकबाट बाहिरिएको थियो र त्यसलगत्तै केही बेर आगलागी समेत भएको थियो

अहिले पनि दुर्घटनास्थलमा उद्धार कार्य जारी छ। आगलागीलाई भने नियन्त्रणमा लिइसकिएको स्थानीय प्रहरीले जनाएको छ।