Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

विशेष महाधिवेशनबाट गगन थापा कांग्रेसको अन्तरिम सभापति बन्ने !

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

गत पुस २७ र २८ गतेदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् । 

निर्वाचन समिति स्रोतका अनुसार सभापतिमा थापाको मात्रै मनोनयन दर्ता भएको हो । यसैगरी अन्य सबै पदाधिकारीका लागि पनि मनोनयन दर्ता भइसकेको स्रोतले जनाएको छ ।

यधपी निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार उम्मेदवार मनोनयन दर्ताको समय सकियो र उक्त उम्मेदवारकाे नामावली दिउँसो १ बजे सार्वजनिक गरिने छ ।