Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

बालेनप्रति महेश बस्नेतको टिप्पणी- राजनीतिक जीवनबाट बिदा लिएर पुरानै पेशातर्फ फर्कनुपर्छ

नेकपा एमालेका महेश बस्नेतले काठमाडौँ महानगरका मेयर बालेन शाह झापा-५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनावमा लड्ने भएपछि टिप्पणी गर्दै  राजनीतिक जीवनबाट बिदा लिएर आफ्नो पुरानै पेशातर्फ फर्कनुपर्ने अवस्थामा पुग्ने बताएका छन् ।

बालेनले ओलीविरुद्ध चुनाव लड्ने तयारी गरिरहेको विषय सामाजिक सञ्जाल र मिडियामा चर्चा भएपछि नेता बस्नेतले काठमाडौँको असफल मेयरको रुपमा जनमत गुमाएको भन्दै आफ्नो जन्मथलो महोत्तरीमा राजनीतिक उपस्थिति देखाउन नसकेको आरोप लगाएका छन् ।

उनले भनेका छन्- 'काठमाडौँमा असफल मेयरका रूपमा जनमत गुमाइसकेको, आफ्नै जन्मथलो महोत्तरीमा समेत राजनीतिक उपस्थिती देखाउन नसक्ने ‘फेसबुकिया प्रधानमन्त्री’ भनेर चिनिने तथा विदेशीको मतियार लुसिफरको उपमा पाएको  व्यक्ति अब झापाबाट चुनाव लड्ने चर्चा सुनिएको छ । यदि यो कुरा सत्य हो भने,  निर्वाचन मा लज्जासपद पराजय भोगेर गायकबाट राजनीतिमा प्रवेश गरेका यो पात्र अब राजनीतिक जीवनबाट बिदा लिएर आफ्नो पुरानै पेशातर्फ फर्कनुपर्ने अवस्थामा  पुग्ने छ ।'