रोजगारीका सिलसिलामा भारत गएका ९ जना आगलागीमा परेर मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान शिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका सदस्यहरू हुन् ।
सल्यानका वडाध्यक्ष मेक बहादुर बुढाथोकीका अनुसार मृत्यु हुनेमा स्थानीय कविता विक, धन बहादुर विक, राधा विक,काशिराम कामी, अनु विक, टिका विक, किरण विक, रेनुका विक, राजन विक हुन् ।
उनीहरू भारतको हिमाञ्चल प्रदेशको सोलोन जिल्लाको अर्की भन्ने बजारमा काम गर्थे । त्यसै काम गर्ने क्रममा पुस २७ गते उनीहरू आगलागीमा परेर मृत्यु भएको हाे ।
