Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

काँग्रेसका १३ पदाधिकारीसहित १२१ केन्द्रीय सदस्यको निर्वाचन हुने

कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ ।

निर्वाचन समितिले निर्वाचन तालिका सार्बजनिक गरेसँगै काँग्रेसको विद्यमान विधान अनुसारनै १३४ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि निर्वाचन हुने भएको छ । 

निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार १३ पदाधिकारीसहित १२१ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ । यस निर्वाचनमा एक सभापति,  २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री चयन हुनेछन् ।

त्यस्तै खुला केन्द्रीय सदस्यतर्फ ३५ जना निर्वाचित हुनेछन् । काँग्रेसको यस विशेष महाधिवेशनले विधान संशोधन गर्दै जेनजी समुह र ४० बर्षमुनिका युवाहरुको प्रतिनिधित्व गराउने भने पनि निर्वाचन भने पुरानै विधान अनुसार हुने भएको छ ।