Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

ईक्यानको अध्यक्षमा पौडेल र महासचिवमा हुमागाईं निर्वाचित

शैक्षिक परामर्श व्यवसायी सङ्घ (इक्यान) को २०औँ साधारणसभाबाट लक्ष्मण पौडेल ‘एन्ड्रियु’ को नेतृत्वका नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

गए राति सम्पन्न निर्वाचनमा सस्थाको प्रथम उपाध्यक्षमा वासुदेव दाहाल, द्वितीय उपाध्यक्षमा विकल्पराज पोखरेल, तृतीय उपाध्यक्षमा गीता शिवाकोटी र महासचिवमा भवनाथ हुमागाइँ विजयी भएको छ ।

यसैगरी सहसचिवमा सुरज सिलवाल र आशिक कार्की, कोषाध्यक्षमा साधना पुडासैनी विजयी तथा सह–कोषाध्यक्षमा गोविन्द खनाल विजयी भएको छ । सदस्यहरुमा अनन्तराज घिमिरे, उद्धव बन, विवेक बस्नेत, दामोदर शर्मा, अशोककुमार हाथी, दिनेश पौडेल, सञ्जीव पाण्डे, शिवप्रसाद अर्याल, कमलप्रसाद तिमल्सिना विजयी भएको छ । निर्वाचित नेतृत्वलाई निवर्तमान अध्यक्ष शेषराज शिवाकोटीले शुभकामना दिए । साधारणभाको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले उद्घाटन गरेको थियो ।